जेनजीसहित वैकल्पिक शक्तिबीच एकता गरौं : विवेकशील साझा

काठमाडौं । विवेकशील साझा पार्टीले जेनजीसहित वैकल्पिक राजनीतिक शक्ति र परिवर्तनकारी शक्ति, अभियान, समूह र अभियन्ताहरुको वृहत एकताका लागि आह्वान गरेको छ । पार्टीका प्रवक्ता आशुतोष प्रधानले वक्तव्य जारी गर्दै समृद्ध नेपालका निम्ति वैकल्पिक राजनीतिक शक्ति, नयाँ दल, जेनजी आन्दोलनका अभियन्ता एवं समूह तथा सार्वजनिक परिचय बनाएका व्यक्तिहरुसँग सहकार्य, ध्रुवीकरण, कार्यगत एकता र बृहत्तर एकीकरण गर्न सबै ढोकाहरु खुला गरेको जनाएका छन् ।

‘सबै प्रकारका खुला छलफल, बहस र बृहत्तर नयाँ शक्ति निर्माण गरेर अघि बढ्न सरोकारवाला सम्पूर्णमा सार्वजनिक आह्वान गर्दछ’, वक्तव्यमा भनिएको छ । विवेकशील साझाले जेनजी विद्रोहलाई ऐक्यवद्धता गर्दै त्यसकै जगमा बनेको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई स्वागत गर्दै सहयोग गरेर अघि बढ्ने प्रतिबद्धता पनि गरेको छ । पार्टीले २१ फागुनमा घोषणा गरिएको चुनावमा सहभागी हुने घोषणा गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *