विपीन जोशी जीवित छैनन् –इजरायली सेना

काठमाडौं । इजरायली सेनाले नेपालका विपीन जोशी जीवित नरहेको बताएको छ । इजरायली सेनाले इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डित र विपीनको परिवारलाई भिडियो कन्फ्रेन्समार्फत विपीन जीवित नरहेको जानकारी गराएको हो । इजरायली सेनाले विपीन जीवित नरहेको जानकारी हामीलाई दियो ।

उनको शव पनि रहे,नरहेको यकिन छैन, राजदूत पण्डितले भने, जीवित बन्धकलाई अबको दुई–तीन घण्टामा छाडिसक्ने कुरा छ । त्यसपछि आज बेलुकीसम्म केही मृतकको शव हमासले बुझाउने जानकारी प्राप्त भएको छ । बाँकी शवको संयुक्त टास्क फोर्सले आगामी दिनमा खोजी गर्ने उनको भनाइ छ । लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल गएका विपीनलाई हमासले २०२३ अक्टोबर ७ मा बन्धक बनाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *