सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा
काठमाण्डौं । नेपाली बजारमा सुन प्रतितोला दुई लाख ४० हजार चार सय रुपैयाँमा कारोबार भएको। सुनचाँदीको मूल्य सोमबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य दुई हजार चार सय रुपैयाँले बढेर तोलाको दुई लाख ४० हजार चार सय रुपैयाँ पुगेको हो।त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। सोमबार चाँदी ९५ रुपैयाँले बढेर तोलाको तीन हजार दुई सय २० रुपैयाँमा कारोबार भइरहेको छ।