भाइटीका साइत सार्वजनिक, कात्तिक ६ गते बिहान ११ः३९ मा शुभ मुहूर्त

काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे रहेको छ। समितिका सदस्य प्रा। देवमणि भट्टराईका अनुसार साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तलाई शुभ मानिएको छ। तर सर्वसाधारणले भने सो दिनको मध्याह्नकालमा जुनसुकै समयमा टीका लगाउन सक्ने बताइएको छ।

यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुनेछ। त्यस दिन यमदीप दान, धनत्रयोदशी र धनतेरस पर्व पनि मनाइनेछ। कात्तिक २ गते आइतबार काग तिहार र धन्वन्तरी जयन्ती, कात्तिक ३ गते सोमबार कुकुर तिहार र लक्ष्मीपूजा, कात्तिक ५ गते बुधबार गाई, गोरु र आत्म (म्ह) पूजा गरिनेछ। त्यसैदिन नेपाल संवत् ११४६ नयाँ वर्ष सुरु हुनेछ। अन्ततः कात्तिक ६ गते बिहीबार भाइटीका तथा किजापूजा ९भाइपूजा० मनाइनेछ। शास्त्रीय वचन अनुसार मध्याह्नकालमा टीका लगाउने र ज्येष्ठताको क्रम अनुसार दाजुभाइलाई टीका गर्ने परम्परा रहँदै आएको समितिले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *