राष्ट्र बैंकले दियो पोखरा र समृद्धि फाइनान्सलाई सैद्धान्तिक स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स र समृद्धि फाइनान्सलाई मर्जरका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले दुइटै फाइनान्स कम्पनीलाई असोज २७ गते सैद्धान्तिक स्वीकृति प्रदान गरेको पोखरा फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत राजु मोहन भट्टराईले जानकारी दिए । उनका अनुसार अबको ३ महिनाभित्र आ,आफ्नो साधारण सभाबाट विशेष प्रस्ताव पारित सहित आवश्यक प्रकृया पुरा गरी अन्तिम स्वीकृतिका लागि पेश गर्ने सर्तसहित राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएको छ ।

गत साउनमा एकापसमा गाभ्ने तथा गाभिने सम्बन्धी सम्झौता गरी सैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन पेश गरेका थिए । दुवै कम्पनी एक सेयर बराबर एक सेयरको स्वाप अनुपातमा मर्ज हुन लागेका हुन् । मर्जरपछि संस्थाको नाम पोखरा फाइनान्स लिमिटेड रहनेछ भने केन्द्रीय कार्यालय काठमाडौंमा रहनेछ । संयुक्त संस्थाको सञ्चालक समितिमा समृद्धि फाइनान्सबाट अध्यक्षसहित ४ जना र पोखरा फाइनान्सबाट ३ जना प्रतिनिधित्व गर्नेछन् । अध्यक्ष पदमा समृद्धि फाइनान्सका प्रतिनिधि रहनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *