संसद् विघटनविरुद्धका रिट दर्ता

काठमाडौं । संसद् विघटनविरुद्ध लगिएका रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । रिट निवेदन दर्ता खुल्ला गरेको सर्वोच्च अदालतमा मंगलबार मात्रै १० वटा रिट दायर भएका थिए । ती रिटहरू क्रमैसँग दर्ता हुँदै गएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले रिट दर्ता जारी रहेको जानकारी दिए । अधिवक्ता डा. प्रेमराज सिलवाल, अधिवक्ता युवराज सफलसहितले दायर गरेका रिट दर्ता भइसकेमा छन् । उनीहरूको रिटलाई सर्वोच्चले कात्तिक १२ गतेको पेसी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *