४ बुँदे माग अघि सार्दै राप्रपाका दुई महामन्त्रीद्वारा बैठक बहिस्कार

काठमाडौँ । राप्रपाका दुई जना महामन्त्रीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बहिस्कार गरेका छन् । ४ बुँदे माग अघि सार्दै महामन्त्रीद्वय धवलशमशेर राणा र कुन्ती कुमारी शाहीले बुधबार बिहान बोलाइएको बैठक बाहिस्कार गरेका हुन् । उनीहरुले विधानबमोजिम महाधिवेशन सम्पर्क गर्न महाधिवेशनको मिति तोकिनुपर्ने, विधानविपरीत भएका निष्काशन र कारबाहीसम्बन्धी निर्णयहरु फिर्ता गरिनुपर्ने, निर्वाचन समिति र पर्यवेक्षकको टोलीमा सन्तुलन कायम गर्नुपर्ने, प्रभावकारी पार्टी सञ्चालनका लागि दुई पूर्वअध्यक्षहरुसहितको समाधान समिति गठन गरिनुपर्ने उनीहरुको माग छ ।

यही जानकारीसहित महामन्त्रीद्वयले अध्यक्षलाई पत्र बुझाएर बैठक बहिस्कार गरेको एक नेताले जानकारी दिए । परिवर्तित सन्दर्भमा पार्टीको धारणा तय गर्नुको साथै स्थानीय तह र जिल्ला अधिवेशनहरूको प्रगति समीक्षा गर्ने बैठक बोलाइएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । यस्तै साङ्गठनिक सुदृढीकरण एवं समसामयिक र पार्टी जीवनका विविध विषयमा पनि बैठकमा छलफल गर्नेगरी एजेण्डा बनाइएको उनको भनाइ छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *