ओरियन्टल होटलको साधारणसभा सम्पन्न

काठमाडौं । ओरियन्टल होटलको २८ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा भएको साधारणसभाले गत आर्थिक वर्षसम्मको वार्षिक वित्तीय प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित, असार मसान्तको वासलात, नाफा नोक्सान हिसावकिताव विवरण पारित गरेको छ । गत आर्थिक वर्ष २०८१।८२ मा होटलको कुल आम्दानी १ अर्ब ८ करोड रुपैयाँ भएको कम्पनीले जनाएको छ । जसबाट खुद नाफा ४ करोड ३८ लाख प्राप्त गरेको छ । पछिल्लो समय नेपालमा भित्रिने पर्यटकको संख्यामा कमी आएकाले कम्पनीको नाफा प्रभावित भएको छ ।

यस कम्पनीले निर्माण गरेको अपार्टमेन्ट पूर्ण रुपमा सञ्चालनमा आएको छ । यसैबीच कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । १ सेयर बराबर ०.२६६३ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ । ३१ करोड ५५ लाख ५ हजार ४० रुपैयाँको हकप्रद सेयर निष्कासन हुनेछ । उक्त रकमबाट कम्पनीको पुरानो परिसरमा रहेका तल्ला पुननिर्माण गर्न उपयोग हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *