कांग्रेस केन्द्रीय समिति सुरु

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको तेस्रो दिनको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा बिहीबार महामन्त्री गगन थापाले प्रस्तुत गरेका एजेन्डामा केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसिरहेको बैठकमा महामन्त्री थापाले बिहीबार जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटन र घोषित फागुन २१ को निर्वाचन, मुलुकको शान्ति सुरक्षा एवं सुशासनको अवस्था, पार्टीको पन्ध्रौँ महाधिवेशन गर्नका लागि कार्यतालिका निर्माण, क्रियाशील सदस्यतालगायत विषयमा ८ एजेन्डा प्रस्तुत गरेका थिए । तीनै एजेन्डाका केन्द्रित रहेर आज सदस्यहरूले धारणा राख्नेछन् । बिहीबारको बैठकमा सात सदस्यले मात्रै धारणा राखेका थिए । असोज २६ गतेबाट सुरु बैठकमा पहिलो दिन सभापति शेरबहादुर देउवाले स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *