अब गुटका दुकान बन्द गर्दै विचारका दुकान खोल्नु पर्दछ : नेता भण्डारी
काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले अब गुटका दुकान बन्द गर्दै विचारका दुकान खोल्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले विगतका मापदण्ड बदल्दै महाधिवेशनमा जानु पर्नेमा समेत जोड दिएका छन् ।
कवितात्मक शैलीमा उनले लेखेका छन्
अब महाधिवेशनमा जानु पर्दछ,
विगतका मापदण्ड बदल्नु पर्दछ।
गुटका दुकान बन्द गर्दै ,
विचारका दुकान खोल्नु पर्दछ !
नाटक अब चल्दैन ।
नेतृत्व कसिमा उत्रनु पर्दछ।
अब !!!
अलमल गर्नु हुँदैन,
खरानी हात परेको छ ,
सफा अब गर्नै पर्दछ !
जय नेपाल !!!