एकीकृत फ्रेण्डसिप साकोसको एघारौं साधारणसभा सम्पन्न

दोलखा । एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले एघारौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले अशोज २३ देखि र ३० गतेसम्म विभिन्न इकाइगत सभा गरी कार्तिक १ गते प्रमाणिकरण सभा सम्पन्न गरेको हो । संस्थाको मुख्य कार्यालयको सभाहलमा एकाइ प्रतिनिधिहरूको निर्णय प्रमाणित सभा संस्थाका अध्यक्ष भुमिराज खड्काको सभापतित्वमा सम्पन्न भएको हो । संस्थाले नीति, विधि र प्रविधिमा आधारित रहेत सञ्चालन हुनु, सक्षम र स्वयंसेवी सञ्चालक दक्ष र क्षमतावान एवं कर्तव्यनिष्ठ कर्मचारीका कारणले संस्थाले सफलता प्राप्त गरेको अध्यक्ष खड्काले बताए । संस्थाका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्रीले सभाको निर्णयहरुलाई प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थामा रिक्त रहेको लेखा सुपरीवेक्षण समिति संयोजक र सदस्य पदमा निर्वाचनमार्फत प्रेम बहादुर खत्री संयोजक र अजित कुमार श्रेष्ठ सदस्य पदमा निर्विरोध निर्वाचित भएकोमा पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको थियो ।

आर्थिक वर्ष २०८१ ८२ को असार मसान्तसम्म संस्थाले ११ करोड २७ लाख, बचत संकलन १ अर्ब २१ करोड ७२ लाख र ऋण लगानी १ अब ५ करोड ६७ लाख सदस्यहरुमाझ लगानी गरेको छ । संस्थाको कुल वासलात १ अब ४३ करोड ४० लाख पुगेको छ । दोलखाको जिरीमा २०४८ सालमा स्थापना भएको संस्थाले विभिन्न अवधिमा १६ वटा सहकारी संस्थाहरुबीच एकिकरण गरी हाल मुख्य कार्यालय सहित १४ वटा सेवा केन्द्रमार्फत सदस्यहरुलाइ सेवा दिँदै आएको छ । दोलखा, रामेछाप, सिन्धुपाल्चोक र काठमाडौं जिल्लालाई कार्यक्षेत्र बनाएर सञ्चालन भइरहेको संस्थाले दोलखा जिल्लामा ६ वटा, रामेछाप जिल्लामा ७ वटा र काठमाडौँ जिल्लामा १ वटा गरी कुल १४ स्थान र ४४ जना कर्मचारीसहित आफ्ना सदस्य र समुदायलाई बचत, ऋण, बीमा र रेमिट्यान्स जस्ता वित्तीय सेवा र सदस्य स्वास्थ्य, सुरक्षा, शैक्षिक, सम्मान, ज्येष्ठ सदस्य सम्मान, सामाजिक उत्तरदायित्व वहन, वित्तीय शिक्षा, तालिम लगायतका गतिविधि गर्दै आइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *