ग्लोबल आइएमई बैंक लगातार दोस्रो पटक उत्कृष्ट बैंक घोषणा

काठमाडौँ । ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्स म्यागेजिनले लगातार दोस्रो पटक नेपालको उत्कृष्ट बैंक घोषणा गरेको छ। यो सम्मानपछि बैंकका अध्यक्ष चन्द्र ढकालले भनेका छन्– यस गर्व र खुसीको क्षणमा हामीलाई निरन्तर दिशानिर्देश गर्ने, साथ र सहयोग प्रदान गर्ने नेपाल सरकार, नियामक निकायहरू, आदरणीय ग्राहकवर्ग, लक्ष्य प्राप्तिमा निरन्तर खटिने कर्मचारी साथीहरू तथा सबै शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। यस्ता सम्मानले बैंकलाई निरन्तर सफलता हासिल गर्न प्रेरणा दिएको उनको भनाइ छ । आगामी दिनहरूमा अझ ठुला उपलब्धि हासिल गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *