सिटिजन लाइफ गठ्ठाघर शाखाको बीमा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स गठ्ठाघर शाखा कार्यालयले काभ्रे जिल्लाको बनेपा नगरपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको आठौं वार्षिकोत्सवको अवसरमा गठ्ठाघर शाखा कार्यालयले उक्त बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

सिटिजन लाइफ इन्स्योरेन्स गठ्ठाघर शाखा कार्यालयका एजेन्सी म्यानेजर गोबिन्द रायमाझीले बनेपामा रहेको मन्दिरमा १०८ बाला अर्पण गरेका छन् । उनले आफ्नो व्यक्तिगत पारिश्रमिकबाट उक्त सामाग्री मन्दिरमा अर्पण गरेका हुन् । गठ्ठाघर शाखा कार्यालयले आठौं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । शाखाले सम्पूर्ण एजेन्सीहरुको सहभागितामा बीमा सचेतनाका साथै शाखा कार्यालयमा भव्य कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको शाखा प्रमुख भगवती थापाले बताएकी छिन् ।