प्रधानमन्त्रीले बोलाएको छलफलमा ठुला दलबाट दोस्रो तहका नेताहरू सहभागी हुने
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छिन् । दिउसो ४ बजे हुने छलफलमा तीन ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताहरू सहभागी हुने भएका छन् । नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डाक्टर प्रकाश शरण महत सहभागी हुने तय भएको छ ।
त्यस्तै नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् । माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन सहभागी हुने संयोजक प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।