माछापुच्छ्रे क्यापिटल र सुम्निमा हाइड्रोबीच सेयर निष्कासन सम्झौता

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । दुई कम्पनीबीच प्राथमिक सेयर निष्कासनका लागि संस्थागत परामर्श सेवा र निष्कासन तथा बिक्री प्रबन्ध सेवा प्रदान गन सम्झौता भएको हो । सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले जारी पुँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणमा जारी गर्नका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको हो ।

सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्कासनकर्ता कम्पनी सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष आशिष सुवेदीद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरे । सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका भएर बग्ने पिखुवा खोलाको पानीको बहाव सदुपयोग गरी ४।९ मेगावाट क्षमताको माथिल्लो पिखुवा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *