गृहमन्त्रीले मसँग दुस्मनी लिन खोजिरहनु भएको छः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालले आफूसँग गम्भीर दुस्मनी लिइरहेको आरोप लगाएका छन् । बुधबार जेनजी प्रदर्शनकारीहरूको आगजनी, तोडफोड र लुटपाटमा परी ध्वस्त बनाइएको बालकोटस्थित आफ्नो निजी निवासको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । सरकारले आन्दोलन क्रममा आपराधिक कार्यमा संलग्नलाई कारबाही नगरेर मुलुकमा अर्को आन्दोलनको बिजारोपण गरिरहेको उनको आरोप छ ।

‘सरकारको मनसाय के छ भन्ने कुरा गृहमन्त्रीले हिजो टेलिभिजनमा दिएको अन्तर्वार्तामा बोलेको कुरामा देखिन्छ, दुस्ख परेकामाथि उहाँको दुस्मनी देखिन्छ,’ अध्यक्ष ओलीले भने, ‘त्यसमा पनि मसँग गृहमन्त्रीको गम्भीर दुस्मनी छ, सरकारले अझै केही गरिरहेको भन्ने गम्भीर आशंका छ, जेनजी आन्दोलनकारीबाट आफैंमाथि दबाब बढाएर केहीलाई पक्राउ गर्न सरकार उद्दत छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *