रगत पिएर अरूलाई लुसिफर भन्छौ, लाज लाग्दैन ? : बालेन

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन शाहले नेताहरूप्रति कटाक्ष गरेका छन् । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै महानगर प्रमुख शाहले गत भदौ २३ र २४ गतेको घटनालाई लिएर नेताहरूमाथि कटाक्ष गरेका हुन् । तुइन र काठको पुल बनाउने नेताहरूले नै मुलुक विदेशीले बिगारेको भन्ने गरेको उनले बताए ।

नेताहरूलाई लक्षित गर्दै उनले अगाडि भने, भिसा पाउनलाई तिमिहरूको घर धाउनुपर्छ अरूलाई एजेन्ट भन्छौँ जेनजीहरुको आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको र कांग्रेसले एमालेको जलाएको बताउँदै महानगर प्रमुख शाहले भने,दोष आफ्नो बालबच्चालाई दिन्छौँ ! चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *