माओवादी केन्द्रका नेता सुनिल साह आजपामा प्रवेश

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता सुनिल साह आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । दीपावली, छठपर्वको अवसरमा आज रौतहटको ईशनाथ नगरपालिकाको औरैयामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा साहले आजपामा प्रवेश गरेका हुन् । उद्योग वाणिज्य महासंघ रौतहटका पूर्व सचिव समेत रहेका साहलाई आजपा अध्यक्ष प्रभु साहले टीका माला अबिर लगाएर पार्टीमा प्रवेश गराए ।

मुलुक र जनताको हितमा आजपाले लिएको नीति, बिचार र नेतृत्व राम्रो भएकाले आफूले आजपामा प्रवेश गरेको साहले बताए । आजपामा पार्टी प्रवेश गर्दै उनले आजपाले मात्रै मुलुकको समस्या समाधान गर्न सक्ने बताए । पछिल्लो समय मुलुकमा देखिएको समस्या कांग्रेस, एमाले, माओवादी केन्द्रले लिएको गलत नीति र नेतृत्वका कारण भएको बताउँदै उनले कांग्रेस, एमाले, माओवादी अब विघटन गर्नुपर्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *