गाँजासहित काठमाडौं एयरपोर्टबाट तीन भारतीय पक्राउ

काठमाडौं । सात किलो ‘गाँजा’सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार एरियाबाट प्रहरीले तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय हरगोविन्द सिंह, १९ वर्षीय समीर र २७ वर्षीय फिरोज अहमद सम्पद छन् । अवैध लागुऔषध गाँजाजस्तो देखिने वस्तु सात किलो २९५ ग्रामसहित शुक्रबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

हरगोविन्द र समीर एयर एसियाको उडानमार्फत थाइल्यान्डको बैंककबाट काठमाडौं आएका थिए । तीन किलो ६४० ग्राम ‘गाँजा’सहित उनीहरू दुईजनालाई पक्राउ गरिएको हो । यस्तै, इन्डिगो एयरको उडानमार्फत मुम्बईबाट काठमाडौं आएका अहमद सम्पदलाई तीन किलो ६५५ ग्राम ‘गाँजा’सहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *