कांग्रेस संस्थापन पक्ष केन्द्रीय सदस्य छुट्टै छलफलमा

काठमाडौ । नेपाली कांग्रेसको संस्थापन पक्षीय नेताहरूको छुट्टै भेला बस्दैछ । केन्द्रीय कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला बस्न लागेको हो । भेला सोमबार नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्यांक्वेटमा बस्न लागेको केन्द्रीय सदस्य गुरू बरालले जानकारी दिए । ‘कार्यसम्पादन समितिमा नरहेका केन्द्रीय सदस्य साथीहरू भेला हुँदैछौँ । कांग्रस केन्द्रीय सदस्य नैनसिंह महरले पनि नयाँ बानेश्वरमा आफूहरू छलफल गर्न गइरहेको बताए । ‘कुन टाइपमा जाने, निकास के होला भनेर छलफलमा बस्न लागेको हौँ । नेता बरालले भेलाबाट १५ औं महाधिवेशनको मिति प्रस्ताव गरिने पनि बताए । भेलाले २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको तयारी कालागि आह्वान गरिने उनको भनाइ छ ।

‘हामी अधिवेशनको मिति प्रस्ताव गर्छौं , ‘निर्वाचनमा लाग्नका लागि आह्वान गर्छौँ । हामी आवधिक निर्वाचनमा विश्वास गर्ने पार्टीका कार्यकर्ता हौं । त्यसबाट भाग्न सक्दैनौँ ।’ संस्थान पक्षीय केन्द्रीय सदस्यहरूले भेलाबाट पार्टी कार्यालयमा बुझाइएका हस्ताक्षरहरूको ‘भेरिफिकेसन’ गरेर विशेष महाधिवेशनको विषय टुंगो लगाउन पनि माग गर्ने तयारी गरेका छन् । ‘सामाजिक सञ्जालदेखि मिडियामा विशेष अधिवेशनको हौवा पिटिएको छ र विशेष माग गरेर निवेदन दर्ता गरिएको छ भनिएको छ । तर, बैठकमा प्रस्ताव आएको छैन’, बरालले भने, ‘केन्द्रीय कार्यालयमा दर्ता भएको छ अरे, हामीलाई जानकारी छैन । त्यसकारण त्यो दर्ता के हो र त्यसमा गरिएको हस्ताक्षरको भेरिफाइ गरेर विशेष अधिवेशनको कुरा टुंगो लगाउन पनि हामी माग गर्छौँ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *