‘जेनजी’ आन्दोलनका मृतकका परिवार र घाइतेलाई पौने १३ करोड आर्थिक सहायता प्रदान

काठमाडौं । सरकारले ‘जेनजी’ आन्दोलनमा मृत्यु भएकाको परिवार र घाइतेलाई आर्थिक सहायतास्वरूप १२ करोड ८० लाख ८० हजार रुपैयाँ प्रदान गरेको छ । अर्थ मन्त्रालयले उनीहरूलाई आर्थिक सहायतास्वरूप उक्त रकम उपलब्ध गराएको हो । गएको भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा २२ प्रदर्शनकारी, तीन प्रहरी, १० कैदीबन्दी र अरू ४१ गरी ७६ जनाको मृत्यु भएको थियो ।

“२०८२ भदौ २३ र २४ गतेको आन्दोलनका मृतकलाई आर्थिक सहायता, काजकिरिया, खाना तथा यातायात खर्चबापत ५३ परिवारलाई प्रतिपरिवार १५ लाख रुपैयाँका दरले सात करोड ९५ लाख निकासा गरिएको,” अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा भनिएको छ । यस्तै, जेनजी आन्दोलनका घाइतेलाई तत्काल भैपरी खर्चबापत दुई हजार ४२९ जनालाई २० हजारका दरले चार करोड ८५ लाख ८० हजार रुपैयाँ निकासा दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *