जेनजी प्रदर्शनमा खटिएका कमान्डरलाई उपत्यका नछाड्न प्रहरी प्रधान कार्यालयको परिपत्र

काठमाडौं । प्रहरी प्रधान कार्यालयले गत भदौ २३ र २४ गते काठमाडौंमा खटिएका प्रहरी कमान्डरहरूलाई उपत्यका नछाड्न परिपत्र गरेको छ । आइतबार प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पत्र लेखी तत्कालीन इन्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन परिपत्र गरेको हो ।

जेनजी आन्दोलनमा भएको दमन र त्यसपछिको आगजनीबारे जाँचबुझ गर्न गठित आयोगको पत्रका आधारमा प्रहरी मुख्यालयले परिपत्र गरेको हो । आयोगले बढी क्षति भएका क्षेत्रमा खटिएका इन्चार्जहरूलाई कुनै पनि बेला उपस्थित गराउन सक्ने भन्दै हेडक्वार्टरले पत्र पठाएको थियो । जाँचबुझ आयोगले आइतबारदेखि सोधपुछ थालेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *