महालक्ष्मी विकास बैंकले १०.३७ प्रतिशत लाभांश दिने
काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयरधनीलाई १०.३७ प्रतशित लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको सोमबार (आज)को बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०८१।८२ को मुनाफाबाट असार मसान्तसम्मको चुक्तापुँजीको आधारमा पाँच प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी २४औँ वार्षिक साधाणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।
















