डेढ महिनापछि ड्राइभिङ लाइसेन्स नागरिक एपमा

काठमाडौँ । यातायात व्यवस्था विभागमा आगजनी भएको करिब डेढ महिनापछि मंगलबारबाट ड्राइभिङ लाइसेन्स नागरिक एपमा उपलब्ध भएको छ । गत भदौ २४ को प्रदर्शनमा विभागको डेटा सेन्टर आगजनीबाट क्षति भएसँगै नागरिक एपबाट ड्राइभिङ लाइसेन्स हटेको थियो । लामो मिहिनेतपश्चात् विभिन्न यातायात व्यवस्था कार्यालयबाट लाइसेन्सको सेवा र ड्राइभिङ लाइसेन्स नागरिक एपमा उपलब्ध गराउन सकिएको यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले बताए । विभागको भवनसमेत आगजनीबाट क्षति भएकाले कार्यालयले यात्रु प्रतिक्षालयबाट सेवा दिँदै आएको छ । उनका अनुसार मंगलबारसम्म ४२ वटा यातायात कार्यालयमध्ये २८ वटाबाट लाइसेन्स नवीकरणसम्बन्धी काम सञ्चालन भएको छ । पोखरा, इटहरी, लहान, बुटवल, धनगढी, दाङ र चितवनसहित ७ वटा कार्यालयमा तत्काल सेवा सुरु हुने छैन ।

‘यी कार्यालयमा आगजनीबाट ठूलै क्षति भएकाले सेवा सुरु गर्न समस्या भएको छ, ‘सेवा दिन तयार भएपछि हामीलाई प्रणालीमा सम्पर्क गराउन समस्या छैन ।’ यसका गि विभागबाट ढिलाई नहुने उनको भनाइ छ । कार्यालय तयार भएपछि सेवा सुरु हुने छ । अहिले तत्काल नयाँ लाइसेन्सका गि आवेदन खुला भने हुने छैन । अघिपछि दिनको सातवटै प्रदेशबाट ६ देखि ७ हजार सेवाग्राहीले नयाँ लाइसेन्सका लागि आवेदन दिन्थे । यसअनुसार ४ देखि ५ हजार नयाँ लाइसेन्सका लागि ट्रायल पास हुन्थे । यो सेवा देशभरकै ४२ यातायात व्यवस्था कार्यालयबाट उपलब्ध हुँदै आएको छ । ‘यो सेवा सुरु हुन अझै एक,दुई दिन लाग्छ,’ उनले भने, ‘बाँकी केही यातायात व्यवस्था कार्यालयले सेवा दिन थालेपछि मात्र नयाँ आवेदन खुला गरिने छ, त्यसका लागि समय निर्धारण गर्नुपर्ने हुन्छ ।’ प्रदेशअनुसार समय तोकेर आवेदन मिल्ने व्यवस्था गर्ने तयारी विभागको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *