भैरहवाको होटल निर्वाणाका सुरक्षागार्ड गोली लागेर सामान्य घाइते
काठमाडौं । रुपन्देहीको भैरहवास्थित निर्वाणा होटलको गेट अगाडि गोली चलेको छ । गोली लागेर होटलका सुरक्षागार्ड सामान्य घाइते छन् । गोली चलाउने समूहको पहिचान भएको छैन । उनीहरु फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार गएराति होटल निर्वाणाको क्यासिनोमा दुई समूहबीच विवाद भएको थियो ।
विवाद गर्दै सो समूह होटलको गेट अगाडि आइपुगेको थियो । त्यसैक्रममा एक समूहले गोली चलाएको थियो । गोली चलाउने समूहमा रहेका तीन जना फरार भएको एसपी क्षेत्रीले बताए । उनका अनुसार उनीहरुको खोजी भइरहेको छ । फरार व्यक्तिहरुबारे क्यासिनोमा रहेका केही व्यक्तिहरुसँग सोधपुछ भइरहेको एसपी क्षेत्रीले जानकारी दिए ।
















