‘जेनजी’ प्रदर्शनका क्रममा अदालत जल्दा चार अर्बबराबरको भौतिक क्षति

काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा भदौ २४ मा भएको लुटपाट, तोडफोड र आगजनीले सर्वोच्चसहित २३ अदालतमा झन्डै चार अर्बबराबरको भौतिक क्षति भएको छ । क्षतिको अनुमानित विवरणसहित अदालतहरूले अपराधीमाथि कारबाही प्रक्रिया अघि बढाउन प्रहरीमा जाहेरी दिएका छन् । अदालतका चारपांग्रे एसी गाडी १२९ वटा जल्दा एक अर्ब २३ करोडबराबरको क्षति भएको छ । एक हजार ४९२ कम्प्युटर, ६३५ ल्यापटप, ८५४ थान प्रिन्टर तथा भिडियो कन्फरेन्स सेट ८६ वटा जलेको छ । यससँगै उच्च अदालतसम्म भिडियो कन्फरेन्समार्फत बहस गर्न पाउने सुविधा सञ्चालनका लागि कुर्नुपर्ने अवस्था बनेको छ । सर्वोच्चसहित १० अदालतमा पूर्ण क्षति, नौवटामा आंशिक क्षति र चार अदालत भनवमा समान्य क्षति भएको छ ।

सर्वोच्चका चालु मुद्दाका २० हजार मिसिल जले । एक लाख ९७ हजार अभिलेख जलेर नष्ट भएका छन् । झन्डै डेढसय वर्ष पुराना अभिलेख नष्ट भएका छन् । अब अदालत नियमिततामा फर्कन नै कति समय लाग्ने हो अहिले नै भन्न सकिने अवस्था छैन, सर्वोच्चका मुख्य रजिष्ट्रार विमलप्रसाद पौडेलले भने, “हामी मंसिरदेखि सबै सेवा सञ्चालनको तयारी गर्दैछौँ । सर्वोच्चले खरिद गरेर खोल्दै नखोलिएका १३२ ल्यापटप जलेका छन् । अहिले आएको विवरण भवनहरूको ह्रासकट्टीसहितको मूल्यांकन हो । नयाँ निर्माणका लागि लाग्ने खर्च भने अहिले अनुमान गरिएको क्षतिभन्दा धेरै ठूलो लगानी आवश्यक पर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *