हुन्डाईको ‘अपग्रेड टु द पर्फेक्ट ईभी’ नामक नयाँ अभियान सुरु

काठमाडौं । हुन्डाई नेपालले ‘अपग्रेड टु द पर्फेक्ट ईभी’ नामक नयाँ अभियान सुरु गरेको छ, जसअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो गाडी साटेर नयाँ हुन्डाई क्रेटा ईभी घर लैजान सक्ने अवसर पाउनेछन् । यो अफर कात्तिक २१ गते शुक्रबारदेखि नेपालभर रहेका सबै हुन्डाई शोरूमहरूमा लागू भएको कम्पनीले जनाएको छ । हुन्डाई क्रेटा ईभीमा कम्पनीको अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र दमदार प्रदर्शनको संयोजन गरिएको छ, जसले विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्न चाहनेका लागि उत्कृष्ट विकल्प प्रस्तुत गर्छ । प्रत्येक खरिदसँगै ६ वर्षको निस्शुल्क सर्भिस र ३ वर्षको वारन्टी उपलब्ध हुनेछ, जसले ग्राहकलाई थप निश्चिन्तता प्रदान गर्छ ।

अफरअन्तर्गत ग्राहकहरूले १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, ७५ हजार रुपैयाँको विशेष छुट र २५ हजार रुपैयाँको लोयल्टी बोनस प्राप्त गर्न सक्नेछन् । साथै, यस अफरमा १ वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्स र रोड ट्याक्स पनि समावेश गरिएको छ, जसले नयाँ क्रेटा ईभी खरिदलाई अझ सुविधाजनक बनाउँछ । हुन्डाई क्रेटा ईभीले एकपटक चार्जमा ३९० किलोमिटरको ड्राइभिङ रेञ्ज र २०० एमएम ग्राउण्ड क्लियरेन्स प्रदान गर्छ, जसले नेपाली सडकमा पनि सहज र आत्मविश्वासपूर्ण ड्राइभिङ सुनिश्चित गर्छ । कम्पनीका अनुसार यो सीमित अवधिको अफरले विद्युतीय गाडीमा स्विच गर्ने योजना बनाइरहेका उपभोक्ताका लागि उत्कृष्ट अवसर प्रदान गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *