सिटीटेकको ‘फिनपस मिनी’ सार्वजनिक
काठमाण्डौ । सिटीटेक ग्रुप प्रालीले ललितपुरको सानेपामा रहेको हेरिटेज गार्डेनमा सम्पन्न नास एक्स्पोको अवसरमा नेपालकै सबैभन्दा पर्खाइ गरिएको सानो तथा सजिलो फिनपस मिनी औपचारिक रूपमा सार्वजनिक गरेको छ । फिनपस मिनीले व्यापारीहरूलाई कार्ड र क्यूआर दुवै माध्यमबाट भुक्तानी स्वीकृत गर्ने सहजता प्रदान गर्छ । यो उपकरणले भिसा, मास्टरकार्ड, यूपीआई र नेपालपे लगायतका कार्ड योजना तथा नेपालपे क्यूआर, फोनपे र स्मार्टक्यूआर जस्ता क्यूआर योजनाहरूलाई समर्थन गर्दछ । साना आकारको, आकर्षक डिजाइन र प्रयोग गर्न सजिलो यो उपकरणले ग्राहक तथा व्यवसायी दुवैका लागि द्रूत, सहज र विश्वसनीय भुक्तानी अनुभव सुनिश्चित गर्छ ।
यसको सानो तर विशेष स्वरूपले डेलिभरी सेवा, यातायात व्यवसायी तथा साना–ठूला सबै प्रकारका व्यवसायीहरूका लागि डिजिटल भुक्तानीलाई अझै सुलभ बनाएको कम्पनीको भनाइ छ । सिटीटेकको चर्चित ब्रान्ड फिनपसले अहिले नेपालभरका १२ वटा बैंकमा पीओएस सेवा प्रदान गर्दै १० हजारभन्दा धेरै व्यवसायीलाई सेवा दिइरहेको छ । फिनपस मिनीको शुभारम्भले बैंकहरूका लागि अझ प्रतिस्पर्धी मूल्यमा एकीकृत र किफायती अक्वायरिङ समाधान प्रदान गर्ने नयाँ अध्याय शुरू गरेको कम्पनीले जनाएको छ । सिटीटेकका प्रमुख कार्यकारी आधिकृत सजन शर्माले फिनपस मिनी केवल एउटा उत्पादन मात्रै नभई नेपालमा डिजिटल भुक्तानीलाई सबैको पहुँचमा पुर्याउने प्रतिबद्धताको प्रतीक रहेको बताउनुभयो ।
















