नेपाली कम्युनिस्ट पार्टीले सात वटै प्रदेशमा एकताको सन्देश दिन सन्देश सभा आयोजना गर्ने

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सात वटै प्रदेशमा एकताको सन्देश दिन सन्देश सभा आयोजना गर्ने भएको छ । आइतबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको पूर्वपदाधिकारीहरूको बैठकले यस्तो निर्णय गरको नेता वामदेव गौतमले जानकारी दिए । सभाको मिति भने पछि तय गरिने उनले बताए ।

संविधानद्वारा निर्देशित समाजवाद निर्माण गर्दै मुलुकमा विद्यमान समस्याको हल गर्ने सन्देश देशभर पुर्‍याउन पार्टीले सभा गर्न लागेको गौतमको भनाइ छ । सात वटा प्रदेशमा सन्देश सभा दिने निर्णय गरेका छौँ । त्यसको मिति तय भइसकेको छैन । सातवटै प्रदेशमा एकताको सन्देश दिन सभा गर्ने निर्णय भएको छ, गौतमले भने,मुलुकमा विद्यमान सबै समस्या हामीले समाधान गर्छौं । र, देशमा ठूलो परिवर्तन ल्याउँछौँ भन्ने सन्देशसहित सातै प्रदेशका जनताको बीचमा जान्छौँ ।’ स्वदेशमै रोजगारी सिर्जना गरी मुलुकको आर्थिक अवस्था सुधार्न पार्टी प्रतिबद्ध भएर लाग्ने दाबी पनि गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *