शिखर इन्स्योरेन्स एनएफआरएस–१७ अनुसार त्रैमासिक विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी
काठमाडौं । शिखर इन्स्योरेन्सले नेपाल वित्तीय प्रतिवेदन मानक (एनएफआरएस– १७) अनुसार आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासिकको संक्षिप्त वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बीमा कम्पनी बनेको छ । नेपाल लेखामान बोर्डले चालु आर्थिक वर्षदेखि लागू हुने गरी जारी गरेको एनएफआरएस –१७ पूर्ण रूपमा अपनाउने देशको पहिलो कम्पनी बन्न सफल भएको हो ।
कम्पनीले नेपाल बीमा प्राधिकरणको वित्तीय विवरणसम्बन्धी निर्देशिका अनुसारको नियमित त्रैमासिक विवरणसँगै एनएफआरएस–१७ बमोजिमको विशेष संरचित विवरण समेत एकैसाथ प्रकाशन गरेको हो । विश्वव्यापी रूपमा प्रयोग हुने वित्तीय प्रतिवेदनका मापदण्डहरूसँग तालमेल मिलाउने यो कदमले कम्पनीको सुशासन, जोखिम व्यवस्थापन र दीर्घकालीन पारदर्शितामा महत्त्वपूर्ण फड्को मार्ने कम्पनीले जनाएको छ । यो उपलब्धीसँगै शिखर इन्स्योरेन्स नेपाली बीमा बजारमा गुणस्तरीय वित्तीय प्रतिवेदन र अन्तर्राष्ट्रिय मानकको प्रयोगमा अग्रणी संस्थाको रूपमा स्थापित भएको छ ।
















