जनकपुरले काठमाण्डूलाई दियो १३१ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सले काठमाण्डू गोर्खाजलाई १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टस हारेर ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन जोडेको हो । काठमाण्डूविरुद्ध जनकपुरका मार्की आसिफ सेखले अर्धशतक बनाए । आसिफले ४१ बलमा ५४ रन बनाए । मयन यादवले ३४, लाहिरु समाराकुनले २२ रन जोडे । काठमाण्डूका मिलिन्द कुमारले तीन विकेट लिए । करण केसी, साहब आलम र सन्तोष यादवले एक,एक विकेट लिए ।
















