सिद्धार्थ बैंकको २४ औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । सिद्धार्थ बैंकको २४ औं वार्षिक साधारणसभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न साधारणसभाले लाभांश पारित गरेको छ । बैंकको हाल कायम चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँमा ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश साधारणसभाबाट स्वीकृत भएको छ । ७० करोड ४४ लाख रुपैयाँ बराबर बोनस सेयर र ७७ करोड ९१ लाख रुपैयाँ बराबर नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण हुने बैंकले जनाएको छ । नगद लाभांश सेयरधनीको खातामा समेत जम्मा भइसकेको छ । त्यस्तै सभाले आर्थिक वर्ष २०८१।८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तसम्म वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, सोही अवधीको नगद प्रवाह विवरण, स्वपूँजी (इक्विटी) मा भएको परिवर्तनको विवरण पारित गर्ने एवम् बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव सभाबाट पारित भएको छ ।
















