१८ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने बञ्चरेडाँडाबासीको बटमलाइन

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन हुँदै आएको बञ्चरेडाँडा ल्यान्डफिल साइटमा स्थानीयले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सहित बसेर गरेको १८ बुँदे सहमति कार्यान्वयनको माग राखेका छन् । बुधबार (मंसिर ३)देखि आन्दोलनमा उत्रिएका स्थानीयले फोहोर व्यवस्थापनमा बालेनले गम्भीर लापरबाही र बेवास्ता गरेको भन्दै यस्तो माग राखेका हुन् । गत कात्तिक १४ र १५ गते सरकारसँग वार्ताका लागि काठमाडौं आएको प्रतिनिधिसहितको टोलीलाई बालेनले भेटेनन् । त्यसपछि उनीहरू सहरी विकासमन्त्री कुलमान घिसिङसँग वार्तामा बसेर फर्किएका थिए । महानगरले पुराना सहमति कार्यान्वयन गर्नुको साटो उल्दै गाडी तोडफोडको मुद्दा फिर्ता लिनुपर्ने माग राखेको दाबी गर्दै आएको छ । सोही विषयमा पनि स्थानीयले आपत्ति जनाएका छन् । धादिङको धुनिबेँसी नगरपालिका–१ का वडाध्यक्ष मानबहादुर तामाङले नयाँ कुनै पनि मागहरू स्थानीयले नराखेको बताए । “पीडित स्थानीयका कुनै पनि माग नयाँ छैनन् । काठमाडौंका मेयरसहित बसेर गरिएको सहमति हालसम्म कार्यान्वयन भएन भन्ने स्थानीयको गुनासो हो,” अध्यक्ष तामाङले भने । २०७९ सालमा बालेन महानगरको मेयरमा निर्वाचित भएलगत्तै फोहोर विसर्जनस्थलमै पुगेका थिए । त्यसपछि महानगरले कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै उठाउने अभ्यासको सुरुआत गरेको थियो । तर, बीचमै अलपत्र परेपछि कुहिने र नकुहिने फोहोर अव्यवस्थित तरिकाले फाल्ने काम हुँदै आएको छ । कात्तिक १६ गते मन्त्री घिसिङ बञ्चरेडाँडा नै पुगेर १५ दिनभित्र माग पूरा गर्ने मौखिक प्रतिबद्धता जाहेर गरेपछि केही दिनका लागि फोहोर विसर्जनको अवरोध हटेको थियो । उपत्यकाको फोहोरबाट नुवाकोटको ककनी गाउँपालिका–१, २ र ३ तथा धुनिबेँसी नगरपालिका–१ र ३ वडाका स्थानीय प्रभावित छन् ।
यस्तो छ २०७९ जेठ २६ मा बालेनसहितको टोलीले गरेको १८ बुँदे सहमति

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *