ज्योति विकास बैंकको​​​​​​​ मोबाईल बैंकिङबाट हवाई टिकट किन्दा ५ सय ​​​​​​​क्यासब्याक पाइने

काठमाडौं । ज्योति विकास बैंकले ग्राहकलाई डिजिटल माध्यमबाट हवाई टिकट खरिद गर्न प्रोत्साहन दिने उद्देश्यले आफ्नो मोबाईल बैंकिङ एप ‘ज्योति स्मार्ट’मार्फत ५०० रुपैयाँ क्यासब्याक प्राप्त हुने योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार देशभरका जुनसुकै घरेलु एयरलाइन्सको हवाई टिकट एपमार्फत खरिद गर्दा ‘फ्लाई५००’ प्रोमो कोड प्रयोग गरेपछि ५०० रुपैयाँसम्म क्यासब्याक प्राप्त हुनेछ ।

यो सुविधा पहिलो ३०० जना ग्राहकका लागि मात्र उपलब्ध रहनेछ । मंसिर ३ गतेदेखि लागू गरिएको यो सीमित अवधिको अफर अन्तर्गत ज्योति स्मार्ट एप प्रयोग गरी गरिएको पहिलो हवाई टिकट खरिदमा मात्र क्यासब्याक पाउन सकिने बैंकले स्पष्ट पारेको छ । ज्योति विकास बैंकले डिजिटल कारोबार विस्तार तथा ग्राहकलाई किफायती, सहज र सुरक्षित सेवामा पहुँच दिलाउने उद्देश्यले निरन्तर विभिन्न आकर्षक योजना सञ्चालन गर्दै आएको छ । बैंकका अनुसार डिजिटल बैंकिङ प्लेटफर्मलाई अझ आधुनिक, सुरक्षित र प्रयोगमैत्री बनाउन पनि निरन्तर सुधार भइरहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *