दुई दिनदेखि तनावग्रस्त बनेको सिमरा क्षेत्रको अवस्था सामान्य बन्दै

काठमाडौं । दुई दिनदेखि तनावग्रस्त बनेको बाराको सिमरा क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ । जेनजी समूह र नेकपा एमालेका कार्यकर्ताबीचको विवादका कारण बुधबार र बिहीबार सिमरा अशान्त बनेको थियो । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, अहिले सडकमा प्रदर्शनकारी छैनन् । स्थानीय प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार आन्दोलनरत जेनजी समूहलाई वार्तामा बोलाएको थियो । तर, प्रशासनले आह्वान गरेको वार्तामा जेनजी अभियन्ता सहभागी भएनन् । बुधबार एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतको सिमरा जाने तय भएको थियो । तर, एमाले नेताहरूलाई कालोझन्डा देखाउन पुगेका जेनजी समूहका युवा र एमाले कार्यकर्ताबीच सिमरा विमानस्थलनजिकै झडप भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *