प्रोटोन इमासको एक्स्चेन्ज अफर भोलि शुक्रबारदेखि काठमाडौंमा

काठमाडौं । जगदम्बा मोटर्स प्रालि अन्तर्गत सञ्चालित विद्युतीय सवारी साधन (ईभी) ब्रान्ड प्रोटोन इमासले काठमाडौंमा विशेष एक्स्चेन्ज अफर सञ्चालन गर्ने भएको छ । यो अफर आगामी शुक्रबारदेखि आइतबारसम्म (नोभेम्बर २१–२३) सम्म सञ्चालन हुने जगदम्बा मोटर्सले जनाएको छ ।

एक्स्चेन्ज अफर काठमाडौंको ज्ञानेश्वरस्थित एटिकमा आयोजना हुनेछ । ‘तीन दिन सञ्चालन हुने सो कार्यक्रममा विद्यमान सवारी साधन एक्स्चेन्ज गर्न चाहने ग्राहकलाई प्रोटोन इमासका प्रमुख विशेषता, सेवा सुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने छ’ कम्पनीले विज्ञप्तिमा भनेको छ ‘एक्सचेन्ज अफर ४६.९९ लाखबाट सुरु हुनेछ ।’

प्रोटोन इमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर प्रदान गर्दछ भने यसमा १८० मिमी ग्राउण्ड क्लियरेन्स तथा एनईडीसी रेन्ज ४९२ र ५८५ रहेको छ । उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो ईभीको लम्बाइ ४६१० मिमी रहेको कम्पनीले उल्लेख गरेको छ । यस विशेष अफरमार्फत ग्राहकले अत्याधुनिक ईभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *