तोलामा १३ सयले घट्यो सुन
काठमाडौं । बिहीबारको तुलनामा आज (शुक्रबार) सुन र चाँदी दुवैको मूल्य घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार ३०० ले घटेको छ । चाँदी भने तोलामा ८५ रुपैयाँले घटेर कारोबार भइरहेको छ । आज एक तोला सुनको मूल्य २ लाख ४१ हजार ७०० निर्धारण भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ४३ हजारमा कारोबार भएको थियो । त्यसै, आज चाँदीको मूल्य प्रतितोला ३ हजार १०० कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार १ सय ८५ रुपैयाँ कायम भएको छ ।
















