शाइन रेसुङ्गा बैंक मर्जर,एक्विजिसन अभियानमा

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आगामी दिनमा मर्जर वा एक्विजिसन प्रक्रियामा सहभागी हुने तयारी गरेको छ। मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले अन्य बैंक तथा वित्तीय संस्थासँग गाभिने वा गाभिने प्रक्रिया अध्ययन गरेर अघि बढ्ने निर्णय गरेको हो। यसका लागि बैंकले मंसिर २६ गते बुटवल, रुपन्देहीमा १७औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। अपरान्ह साढे १२ बजे सुरु हुने सभाबाट सम्भावित मर्जर पार्टनर छनोट, सहमतिपत्र तयार गरी हस्ताक्षर गर्ने, नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृतिका लागि आवश्यक प्रक्रिया पूरा गर्ने तथा सम्पत्ति–दायित्व मूल्यांकनका लागि परामर्शदाता र लेखापरीक्षक नियुक्त गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पारित हुनेछ।

गत आर्थिक वर्ष २०८१।८२ को नाफाबाट बैंकले सेयरधनीलाई कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सो सभामा प्रस्तुत हुनेछ। प्रस्तावअनुसार ३ प्रतिशत बोनस सेयर तथा करसमेत १० प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत वितरण गरिनेछ। सभाले प्रबन्धपत्र तथा नियमावली परिमार्जनको अधिकार पनि सञ्चालक समितिलाई प्रदान गर्नेछ। त्यस्तै, विगत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने तथा चालु वर्ष २०८२।८३ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने छलफल पनि एजेन्डामा समावेश गरिएको छ। साधारण सभा तथा लाभांश वितरणका लागि बैंकले मंसिर १२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनी मात्र सभामा उपस्थित हुन र लाभांश प्राप्त गर्ने अधिकार राख्नेछन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *