अदालतले यो सरकारलाई उचित ठहर गर्ने ठाउँ नै छैन – अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई उचित ठहर गर्न नसक्ने जिकिर गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टीको सभामा उनले सरकार हिंसा र तोडफोडबाट बनेको बताए । उनले सरकारको संवैधानिक परीक्षण गरिनुपर्नेमा जोड दिए । संविधानले यो सरकारलाई उचित ठहर्याउन सक्दैन । कोट (अदालत)ले यसलाई उचित ठहर्याउने ठाउँ नै छैन । सरकार नै गलत बाटोबाट बनेको उनले टिप्पणी गरे । लोकतान्त्रिक विधि, प्रक्रियाबाट नबनेको सरकार छ।
















