काठमाडौं उपत्यका प्रहरीको कमाण्ड कार्कीलाई
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीको कमाण्ड प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले पाएका छन् । एआईजी दानबहादुर कार्की २४ कात्तिकमा आईजीपीमा नियुक्त भएसँगै उपत्यका प्रहरी कार्यालय रानीपोखरी एआईजीविहीन थियो ।
उक्त ठाउँमा ईश्वर कार्कीलाई मन्त्रिपरिषद्ले पदस्थापन गरेको हो । कार्की कोसी प्रदेश प्रहरी कार्यालयको इञ्चार्ज रहेकै बेला एआईजीमा बढुवा भएका थिए । सम्भवत् बुधबार दर्ज्यानी चिह्न लगाएर कमाण्ड सम्हाल्ने कार्कीको तयारी छ ।
















