सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढ्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन प्रति तोला ५ हजार २ सय रुपैयाँले बढेर २ लाख ४७ हजार ९ सय रुपैयाँ पुगेको छ ।
सोमबार सुन प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ । मंगलबार चाँदी प्रति तोला ८५ रुपैयाँले बढेर ३ हजार २ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य ३ हजार १ सय १५ रुपैयाँ थियो ।
















