होन्डाको नयाँ कार अल न्यु सीआरभी नेपाली बजारमा बिक्री सुरु
काठमाडौं । नेपालमा होन्डा अल न्यु सीआर भीको बिक्री सुरु भएको छ । नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ गाडी बिक्री सुरु गरेको हो । यो नयाँ एसयूभीमा अत्याधुनिक प्रविधि र लक्जरी फिचर्सको उत्कृष्ट संयोजन गरिएको छ । गाडीमा शक्तिशाली १.५ लिटर पेट्रोल टर्बो इन्जिन जडान गरिएको छ । गाडीको इन्टेरियर र सुविधाहरूमा विशेष ध्यान दिइएको छ, जसमा वेलकम सिट, फुल एलइडी लाइट र पानोरामिक सनरुफ समावेश छन् । चालक र यात्रुको स्वास्थ्यलाई ध्यानमा राख्दै यसमा प्लाज्मा क्लस्टर प्रविधि प्रयोग गरिएको छ । गाडीमा १० वटा एयर ब्याग भएकाले यात्रालाई थप सुरक्षित बनाउँछ । गाडीमा २१० एमएम ग्राउन्ड क्लिअरेन्स रहेको छ, जसले गर्दा कच्ची बाटोमा पनि यो एउटा राम्रो विकल्प हुन सक्छ ।
यसमा १०.२ इन्चको टिएफटी टच डिस्प्ले, चालकको सहजताका लागि ड्राइभर मेमोरी सिट र उत्कृष्ट साउन्ड अनुभवका लागि १२ वटा बोस प्रिमियम स्पिकर्स जस्ता ‘प्रिमियम फिचर्स’ हरू रहेका छन् । सुरक्षाको हिसाबले पनि यो गाडी अब्बल छ । यसमा एडीएएस अडास लेभल २ जडान गरिएको छ र जसले यात्रालाई सुरक्षित बनाउँछ । यो गाडी ७ सिटर क्षमतामा उपलब्ध भएकाले ठूलो परिवारका लागि समेत उपयुक्त हुनेछ । यसको शक्तिशाली इन्जिन, सस्पेन्सन र डिजाइनलाई हेर्दा नेपालको बाटोमा ‘पर्फेक्ट राइड’ को लागि यो गाडी एक उत्कृष्ट विकल्प हुन सक्छ । स्याकारले ग्राहकका लागि विश्वस्तरीय प्रविधि र सुविधायुक्त गाडीहरू भित्र्याउन कम्पनी सधैं प्रतिबद्ध रहेको स्याकारले बताएको छ । ‘होन्डा अल न्यु सीआर भी’ ले नेपालको एसयूभी सेग्मेन्टमा लक्जरी र पर्फर्मेन्सको नयाँ उदाहरण बन्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार ‘होन्डा अल न्यु सीआर भी’ चार आकर्षक रङहरू कालो (ब्ल्याक), सेतो (ह्वाइट), निलो (ब्लु) र सिल्भरमा उपलब्ध हुनेछन् ।
















