काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशन सचिवालयको बैठक सुरु भएको छ । १३ वटा विभिन्न उपसमितिका संयोजकसहित बैठक सुरु भएको हो । बैठक बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको हो । एमालेको महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्मका लागि तय गरिएको छ ।