ग्रीन डेभलपमेन्ट बैंक र कालिञ्चोक दर्शनको लाभांश घोषणा
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडले गत आवको नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेका छन् । बैंकले हाल कायम चुक्ता पुँजीको ८.०३९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत गरी कुल ८.४६२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
त्यसैगरी कालिञ्चोक दर्शनले ५.२६ प्रतिशत लाभांश बाँड्ने भएको छ । जसमा पाँच प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश (कर प्रयोनजार्थ) रहेको छ । उक्त लाभांश कम्पनीहरूको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीमा वितरण हुने बताइएको छ ।
















