नेपाल–भियतनाम चेम्बर अफ कमर्सको १४औँ साधारणसभा सम्पन्न,मल्होत्राको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन

काठमाडौं । नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको १४औँ साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाका अध्यक्ष दीपक कुमार मल्होत्राको अध्यक्षतामा सम्पन्न साधारणसभाले नयाँ कार्यसमिति पनि चयन गरेको छ । नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल–भियतनाम व्यापारिक सम्बन्धलाई उचाइमा पुर्‍याउन भूमिका निर्वाह गरेको वक्ताहरुले धारणा राखेका थिए । भियतनामी बजारमा नेपाली उत्पादनको सम्भावना बढिरहेको छ, श्रेष्ठले आफ्नो सम्बोधनको क्रममा भने, चेम्बरको सक्रियताले नेपाली निर्यात क्षमता अझ विस्तार हुन सक्छ । त्यसलाई सरकारले पनि महत्व दिन जरुरी छ । सभामा अध्यक्ष दीपककुमार मल्होत्राले नेपाल–भियतनाम व्यापार विस्तारका लागि चेम्बरले विगतमा गरेको कामका बारेमा प्रकाश पारेका थिए । उनले अहिले देशमा ठूला व्यवसायी तथा उद्योगीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गएको बताउँदै निजी क्षेत्र सक्रिय भएमात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताएका थिए । उनले नेपालका उद्योगी तथा व्यवसायीलाई अहिले राज्यको सहयोग आवश्यक रहेको धारणा उनको थियो । नौ वर्षको आफ्नो कार्यकालको कतिपय समय कोभिडका कारणले काम गर्न नसकिएको बताउँदैै उनले भने, हामीले एक प्रकारको माहोल तयार पारेका छौँ ।

सभामा महासचिव गोपालदास मानन्धरले २०८०–८१–२०८१–८२ को वार्षिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गरे । त्यस्तै, कोषाध्यक्ष कविकुमार टिबडेवालाले आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै संस्था वित्तीय रूपमा सुदृढ बन्दै गएको जानकारी दिए । कार्यक्रममा भियतनाम सम्बन्धी व्यापार–व्यवसायमा योगदान पुर्‍याएका व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको थियो । सभाले सुनिलभक्त श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष दिपक कुमार मल्होत्रा र उर्मिला श्रेष्ठ वरिष्ठ उपाध्यक्ष तथा सुरेशमान श्रेष्ठ तथा गोपालदास मानन्धर उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । महासचिवमा नवीन सारु (डोल ब. थापा), कोषाध्यक्षमा स्वाति घोरीवाला, सचिवमा पवित्रमान गुरुङ र प्रकाश (रामं) श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यहरूमा मनिशलाल प्रधान, सुशील स्थापित, दीपक मर्हजन, संजीव तुलाधर, राजु श्रेष्ठ, श्याम मारवाडी, रश्मी पन्त चयन भएका छन् । कुमार श्रेष्ठ, प्रकाश रेग्मी, आयूस बहादुर श्रेष्ठ, रमेश पराजुली, विधाता श्रेष्ठ, अच्युत बहादुर हाडा, सक्षम घिमिरे, सर्वोत्तम लाल श्रेष्ठ निर्वाचित भएका छन् । किरणकुमार श्रेष्ठ, ध्रुवकुमार श्रेष्ठ र डा। सरोज अधिकारी सल्लाहकारमा चयन गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *