आज चितवनसँग काठमाडौं र विराटनगरसँग कर्णाली याक्स भिड्दै

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आजको खेलमा ४ वटा टोलीहरू मैदानमा उत्रँदैछन्। आज पहिलो खेल चितवन राइनोज र काठमाडौं गोर्खाजबीच ११ बजेर ४५ मिनेटदेखि शुरू हुँदैछ भने दोस्रो खेल विराटनगर किङ्स र कर्णाली याक्सबीच अपरान्ह ४ बजेदेखि शुरू हुँदैछ। चितवन अंक तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौं चौथो स्थानमा रहेको छ।

त्यसैगरी अंकतालिकाको दोस्रो स्थानमा रहेको विराटनगरसँग अंकतालिकाको पाँचौ स्थानमा रहेको कर्णाली आमनेसामने हुँदैछ। चितवनले ३ खेलमा २ खेल जित्दा १ खेलमा हार बेहोरेको छ भने काठमाडौंले ४ खेलमा २ खेल जित्दा २ खेलमा हार बेहोरेको छ। यता विराटनगरले ४ खेलमा ३ खेलमा जित हासिल गर्दै १ खेलमा हार बेहोरेको छ भने कर्णालीले ३ खेलमा १ खेल जितेर २ खेल हारेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *