सिद्धार्थ बैंकको कामु सीईओमा बस्याल

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा रामेश्वरप्रसाद बस्याल नियुक्त भएका छन् । हाल बैंकका सीईओ सुन्दरप्रसाद कँडेलको चारवर्षे कार्यकाल यही मंसिर २६ बाट सकिँदैछ । कँडेलको कार्यकाल सकिनै लाग्दा हाल नायब प्रमुख कार्यकारी अधिकृत रहेका बस्याललाई मंसिर २७ गतेदेखि लागु हुने गरी कामु सीईओको जिम्मेवारी दिइएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *