१६ओैं स्थापना दिवसको सहकारी शुभकामना।
चौेथाईवाट मानो भो
यसपालि नि साथि हो
१६ बर्ष पनि हाम्रो
खुसियालि जाति भो ।१
मानोबाट अर्को साल
पुर्याउं कुरुवा पाथि
कारोवार शेयर धनी
मुख्य त्यहि हो जाति ।२
शेयर धनीहरुमा
बिन्ति पुकार छर्छु म
महिना बचत राख्न
बिन्ती आग्रह गर्छु म ।३
स्वच्छ भाव ऋण लानु
प्रक्रिया राम्रो मिलाई
सक्दो सावाँ बुझाउनु
हाँसि मनले दिलाई ।४
नेतृत्वको भारवाट
तल झर्नु हुन्न
सहकारी स्वतन्त्रता
गिराउनु हुन्न । ५
भार छ हाम्रो पदिय
जिम्मेवारी लिनु छ
शेयर धनी देव हुन
हाँसि माया दिनुछ ।६
सानौ ठुलो पदले
बोल्दामा गल्ती भएमा
बैमनस्य हट्ने छैन
ईशु लिई राख्दै गएमा ।७
कस्तो होला सहकारी
नियालि अघि जानुस्
समस्याका बात भए
हटाई अघि लानुस ।८
अब हाम्रो सहकारी
लिपि बद्ध हुने भो
ठोकिदैन कहिं अब
बढ्दै अब अघि गो ।९
मिठास बोलि बचन
हांसिखुसि सामना
१६ ओैं वर्ष प्रगतिमा
हितको शुभकामना ।१०
धैर्यता सधै मिलोस्
कुभलोमा है न
आत्मा सङ्लो नभएमा
सुभलोमा छैन ।११
राजनिती तुलो भित्र
मन जानू हुन्न
सहकारी अहितमा
मोडि लानु हुन्न ।१२
धैर्यता शक्ति मिलोस्
बाधा अड्चन सामना
१६ ओैं मायाँ दिवसको
जय शुभकामना ।१३

















