महामन्त्री थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस

काठमाडौं । आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बुधबार बसेको बैठकले उनको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरेको क्षेत्रीय सभापति श्यामकृष्ण संगतले जानकारी दिए । संगतले महामन्त्री थापाको नाम प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सर्वसम्मत एकल सिफारिस गरिएको जानकारी दिए ।

उनका अनुसार, समानुपातिकतर्फ ३ जनाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ राधा घले, नर्मदा पोखरेल र राजन विश्वकर्मा सिफारिस भएका हुन् । यसअघि महामन्त्री थापाको नाम रोल्पा, सर्लाही ४ र धनकुटाबाट पनि सिफारिस भएको थियो छ । थापा यसअघि यही निर्वाचन क्षेत्रबाट ३ पटक प्रत्यक्षतर्फ निर्वाचित भइसकेका छन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी समानुपातिकबाट संसद सदस्य बनिसकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *