नबिल बैंकको असञ्चिति अग्राधिकार सेयर बाँडफाँड

काठमाडौं । नबिल बैंकको असञ्चिति अग्राधिकार सेयरको बाँडफाँड प्रक्रिया सम्पन्न भएको छ । बैंकले संस्थागत लगानीकर्तालाई लक्षित गरी जारी गरेको उक्त अग्राधिकार सेयर बाँडफाँड भएको हो । बैंकले प्रतिकित्ता १०० रुपैयाँको दरले ५ करोड कित्ता सेयर निष्कासन गरेको थियो ।

नबिलले कुल ५ अर्ब रुपैयाँ बराबरको असञ्चिति अग्राधिकार सेयर निष्कासन गरेको हो । नबिलले ‘‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’’ जारी गरेको थियो । अविमोच्य असञ्चिति अग्राधिकार सेयर अवधि नतोकिएको तर निश्चित प्रतिशतको लाभांश दर प्रदान गर्न सक्ने विशेषता भएको पुँजी बजार उपकरण हो । नबिलको अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा लगानी गर्नेले ८ प्रतिशत लाभांश पाउनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *